काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन २८ सय बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन दुई दशमलव ६१ अंकले ओरालो लागेको नेप्से परिसुचक आज बुधबार ४५ दशमलव १२ अंकले उकालो लागेर २८ सय दुई दशमलव ५२ बिन्दुमा उक्लिएको हो ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७५ अंकले उकालो लागेर चार सय ७६ दशमलव ८८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४६ वटा कम्पनीहरुको ९८ हजार एक सय ६२ पटकको कारोबारमा एक करोड ८८ लाख १६ हजार आठ सय आठ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार चार सय ४१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो देखिएको छ । यसदिन बाणिज्य बैंक उपसमुहको सुचक १६ दशमलव ८४ अंकले उकालो लागेर १४ सय ६८ दशमलव ७२ बिन्दुमा चढेकोमा बिकास बैंक उपसमुहको सुचक पनि एक सय १७ दशमलव ५२ अंकले उकालो लागेर छ हजार २६ दशमलव ७१ बिन्दुमा चढेको छ ।
फाईनान्स उपसमुहको सुचक पनि ३५ दशमलव २७ अंकले उकालो लागेर २४ सय ६५ दशमलव शुन्य छ बिन्दुमा चढेकोमा जलबिद्युत उपसमुहको सुचक पनि ९९ दशमलव ५२ अंकले उकालो लागेर तीन हजार नौं सय सात दशमलव १६ बिन्दुमा चढेको छ । जीवन बीमा उपसमुहको सुचक पनि एक सय ६७ दशमलव २८ अंकले उकालो लागेर १२ हजार आठ सय ६५ दशमलव ८१ बिन्दुमा चढेकोमा निर्जीवन बीमा उपसमुहको सुचक पनि एक सय ११ दशमलव ६४ अंकले उकालो लागेर ११ हजार एक सय ३५ दशमलव ७४ बिन्दुमा चढेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक पनि क्रमशः एक सय ९३ दशमलव शुन्य नौं, एक दशमलव ४२, चार सय १७ दशमलव १४, ६२ दशमलव ६४, शुन्य दशमलव २१, तीन दशमलव २१ र २३ दशमलव ५१ बिन्दुले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेकोमा बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वेतगंगा हाईड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेड परेको छ । एसवाई प्यानल नेपाल लिमिटेड भने यसदिन सबैभन्दा बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको छ ।