काठमाडौं। नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै छ। वि.सं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको सम्झनामा आजको दिनलाई प्रजातन्त्र दिवस को रूपमा मनाइँदै आइएको हो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो। कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो। नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० वर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो। सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भएको हो। त्यतिबेला २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो। तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए। आजको दिन जनआन्दोलन दिवस मार्फत प्रजातन्त्र स्थापना भएको भए पनि फेरि पनि देश मा प्रजन्तन्त्र संकटमा परेको आकलन गरिएको छ । रास्वापा को एकल बहुमतमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वमा सरकार गठन भएसँगै पुन प्रजन्त्र संकटमा परेको चर्चा चल्ने गरेको हो ।