काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको संचालक समितिको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको संस्थापक समूहअन्तर्गत रिक्त रहेको संचालक पदमा कम्पनीको संस्थापक सेयरधनी रहेको लक्ष्मी कर्प नेपाल प्रालिको तर्फबाट प्रतिनिधि गर्ने बजाजलाई आजकै मितिदेखि लागू हुनेगरी कम्पनीको अध्यक्षमा चयन गरिएको कम्पनीले जानकारी दिएको छ ।