काठमाडौं । शेयर बजारमा पुन हरियाली देखिएको छ । अघिल्लो दिन ४५ दशमलव १२ अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से साताको पाँचौं कारोबार दिन आज बिहिबार पनि ४८ दशमलव ७१ अंकले उकालो लागेर २८ सय ५१ दशमलव ५४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६४ अंकले उकालो लागेर चार सय ८१ दशमलव ५३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३८ वटा कम्पनीहरुको एक लाख आठ हजार आठ सय ६९ पटकको कारोबारमा दुई करोड ७९ लाख ३१ हजार सात सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम नौं अर्ब ९१ करोड ९२ लाख १० हजार दुई सय ११ रुपैैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सबै उपसमुहहरुको सुचक उकालो लाग्ला शेयर बजार पुरै हरियो भएको छ । यसदिन बाँणिज्य बैंक उपसमुहको सुचक १८ दशमलव २७ अंकले उकालो लागेर १४ सय ८६ दशमलव ९९ बिन्दुमा चढेकोमा बिकास बैंक उपसमुहको सुचक पनि ४७ दशमलव ३१ अंकले उकालो लागेर छ हजार ७४ दशमलव शुन्य दुई बिन्दुमा चढेको छ । फाईनान्स उपसमुहको सुचक पनि ३६ दशमलव ३५ अंकले उकालो लागेर २५ सय एक दशमलव ४२ बिन्दुमा चढेकोमा जलबिद्युत उपसमुहको सुचक पनि एक सय पाँच दशमलव ५१ अंकले उकालो लागेर चार हजार १२ दशमलव ६८ बिन्दुमा चढेको छ । जीवन बीमा उपसमुहको सुचक पनि एक सय २७ दशमलव ५४ अंकले उकालो लागेर १२ हजार नौं सय ९३ दशमलव ३६ बिन्दुमा चढेकोमा निर्जीवन बीमा उपसमुहको सुचक पनि एक सय ११ दशमलव ९५ बिन्दुले उकालो लागेर ११ हजार दुई सय ४७ दशमलव ६९ अंकमा चढेको छ । यसदिन होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक पनि क्रमशः एक सय ८५ दशमलव शुन्य एक, एक दशमलव शुन्य सात, दुई सय ८९ दशमलव शुन्य एक, ५९ दशमलव ४०, शुन्य दशमलव शुन्य दुई, ७२ दशमलव ३५ र २३ दशमलव ९३ बिन्दुले उकालो लागेका छन् ।
यसदिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा एनआईसी एशिया ब्यालेन्स फण्डले सबैभन्दा बढी गुमाएको छ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको भने यसदिन सबैभन्दा बढी रकम कारोबार भएको छ ।