काठमाडौ । यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्स प्रालिमार्फत वार्षिक कार्यक्रम ‘यामाहा ब्लु फेस्ट’ गर्ने घोषणा गरेको छ ।
कम्पनीले आईतबादेखि वैशाख ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो फेस्ट आयोजना गर्न लागेको हो । कार्यक्रमको पहिलो दिन ब्रान्ड न्यू यामाहा एफजेड एस गो जेनः लिड द नेक्स्ट सार्वजनिक गर्ने कम्पनीको तयारी छ । यसले यस साताव्यापी इनोभेसन, प्रदर्शन र ग्राहक सहभागिताको उत्सवको सुखद सुरुवात गर्नेछ । पूर्ण दुईपाङ्ग्रे अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको ब्लु फेस्टले मोटरसाइकल पारखी, आम मानिस तथा सम्भावित ग्राहकहरूलाई यामाहाका अपग्रेड गरिएका नयाँ हाइ–टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । यस वर्ष ‘एक्सचेन्ज कार्निभल’को अनुभव पनि समावेश गरिएको छ, जसले ग्राहकहरूलाई सजिलो र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्न थप सहज बनाउनेछ ।
आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यावसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा अन–द–स्पट मूल्यांकन गराउन सक्नेछन्, जसले बजारअनुसार उत्कृष्ट मूल्य सुनिश्चित गर्नेछ । सहज एक्सचेन्ज विकल्पहरूसँगै ग्राहकहरूले ब्राण्ड न्यू यामाहा पनि एकदम छिटो किन्न सक्नेछन् । यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकहरूले नागरिकतामार्फत अन–द–स्पट फाइनान्स सुविधा लिन सक्नेछन्, साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन् । खरिदकर्ताहरूले पाँच लाख रुपैयाँसम्मको क्यासब्याक अफर पनि पाउनेछन् । साथै, नयाँ वर्षको ब्लु कोड अफर पनि कार्यक्रम अवधिभर लागू हुनेछ । खरिद अनुभवका अलावा ब्लु फेस्टले जोशले भरिएको मनोरञ्जन र सहभागिताको अनुभव पनि प्रदान गर्नेछ । सहभागीहरूले रमाइलो स्टन्ट शो, टप राइडर, क्रिएटर र सेलिब्रिटीहरूसँग भेटघाट गर्ने मौका पाउनुका साथै आकर्षक कस्प्ले प्रस्तुति पनि हेर्न पाउनेछन् । कार्यक्रम अवधिभर आकर्षक डुअर प्राइज र निःशुल्क एसेसरीजहरू पनि उपलब्ध हुनेछन् ।