काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबार उक्त विवरण सार्वजनिक गरिएको हो।कार्यालयका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले पेस गरेको सम्पत्ति विवरण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम संकलन गरिएको हो। सोही ऐनअनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा उक्त विवरण सार्वजनिक गरिएको जनाइएको छ। भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पद सम्हालेको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान रहेको छ। सरकारको यो कदमलाई पारदर्शिता र सुशासन प्रवर्द्धनतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। साथै, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आर्थिक विवरण सार्वजनिक हुँदा जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ। यस्तो छ मन्त्रीहरुको सम्पत्ति विवरण पुरा