काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले सेयर धितोसँग सम्बन्धित कर्जा अर्थात् ‘मार्जिन लोन’ बढाएको देखिएको छ । बजार पछिल्लो समय निरन्तर ओरालो लागे पनि सेयर धितोमा फागुन मसान्तसम्म बैंक तथा फाइनान्स कम्पनीहरूले मार्जिन लोन शीर्षकमा मात्र कुल एक खर्ब ५६ अर्ब २७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
उनीहरूले कुल ७७ खर्ब ८० अर्ब १५ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ खर्ब चार अर्ब ४० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा उक्त परिमाणमा ऋण प्रवाह भएको हो । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ३७ अर्ब ७७ करोड ८० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले यो शीर्षकमा मात्र कुल एक खर्ब १८ अर्ब ५० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा कुल ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र चालू आवको फागुन मसान्तसम्ममा कुल ७० खर्ब १६ करोड २३ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा मार्जिन लोन शीर्षकमा मात्र कुल एक खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ३७ अर्ब २९ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ४० अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा मार्जिक लोन शीर्षकमा मात्र कुल ९६ अर्ब ३९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
चालू आवको फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरूले भने कुल छ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३८ अर्ब ६७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा मार्जिन लोन शीर्षकमा मात्र कुल १९ अर्ब ५२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब ६५ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले छ खर्ब दुई अर्ब पाँच करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैैंयाँ कर्जा प्रवाह गर्दा मार्जिन लोन शीर्षकमा मात्र कुल १७ अर्ब ८७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने चालू आवको फागुन मसान्तमा गत आवको सोही अवधिको तुलनामा मार्जिन लोन घटाएका छन् । चालू आवको फागुन मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब ३७ अर्ब १५ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ३० करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा मार्जिन लोन शीर्षकमा मात्र कुल तीन अर्ब छ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब १६ करोड ९० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब २६ अर्ब ५० लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा मार्जिन लोन शीर्षकमा मात्र कुल चार खर्ब २३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।