काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले चैत २६ गते बिहीबारबाट आम सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीका अनुसार सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी सात करोड ८० लाख २० हजार रुपैयाँ बराबरको कुल सात लाख ८० हजार दुई सय कित्ता साधारण सेयरको बिक्री खुल्ला गरिएको हो । उक्त सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतममा ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।
कम्पनीको कम्पनीका अनुसार साधारण सेयरको बिक्री कार्य छिटोमा चैत ३० गते र ढिलोमा वैशाख १० गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।