काठमाडौं । नेपाली विवाह, भोज तथा सामाजिक समारोहको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा रूपान्तरित भएको छ । दुई दशकअघि खुला चौर वा विद्यालय प्राङ्गणमा सीमित यस्ता कार्यक्रमहरू आज ‘अनुभूति–केन्द्रित’ भेन्युमा परिणत भएका छन् ।
आरजी क्रिएसन्स यही परिवर्तनको अग्रपङ्क्तिमा देखिएको छ । नेपाल आर्किटेक्ट एन्ड इन्जिनियरिङ क्षेत्रमा सक्रिय यस कम्पनीले परम्परागत ‘पार्टी प्यालेस’ अवधारणालाई पुनर्परिभाषित गर्दै ‘इभेन्ट भेन्यू आर्किटेक्चर’मा नयाँ मापदण्ड स्थापित गरेको दाबी गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीका अनुसार, उनीहरूको अवधारणा केवल भवन निर्माणमा सीमित छैन, बरु समग्र ‘अनुभव’ निर्माणमा केन्द्रित छ । ‘पहिले पार्टी प्यालेस भनेको ठूलो हलमात्र हुन्थ्यो,’ गिरी भन्छन्, ‘हामीले त्यसलाई भव्य, आकर्षक, सुरक्षित र व्यवस्थित अनुभवमा रूपान्तरण गर्ने प्रयास गरेका छौं ।’ उनका अनुसार, पछिल्लो दशकमा पाँचतारे होटलमा केन्द्रित कार्यक्रमहरूसमेत व्यांक्वेट भेन्यूतर्फ सरेका छन् । आरजी क्रिएसन्सले आफ्ना परियोजनाहरूलाई तीन सौन्दर्य, कार्यक्षमता र सांस्कृतिक सुसंगति आधारमा विकास गर्ने बताएको छ । कम्पनीका अनुसार, डिजाइनमा नेपाली मौलिकता र आधुनिक संरचनाको संयोजनलाई प्राथमिकता दिइन्छ । साथै, पाहुनाको सहज आवागमन, सुरक्षा, पार्किङ, वातावरणमैत्री सामग्री र वैज्ञानिक भान्सा व्यवस्थापनलाई अनिवार्य तत्वका रूपमा समेटिएको छ ।
कम्पनीमा स्ट्रक्चरल इन्जिनियरिङ, इन्टेरियर डिजाइन, लाइटिङ, साउन्ड, कलर साइन्स र मटेरियल क्वालिटीसम्बन्धी विशेषज्ञ टोली कार्यरत छन् । प्रत्येक परियोजनाका लागि ‘युनिक कन्सेप्ट’ विकास गर्ने अभ्यासले बजारमा छुट्टै पहिचान बनाएको कम्पनीको दाबी छ । गिरीका अनुसार, इन्जिनियरहरूलाई विदेशमा तालिममार्फत अद्यावधिक प्रविधि र सीप भित्र्याउने प्रयाससमेत भइरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न भेन्यूहरूरामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्ष बाटिका, मण्डला मोमेन्ट, संगम बाटिका, उत्सव कुञ्ज, पिकलो दरबार र ताज रिसेप्सन कम्पनीका प्रतिनिधि परियोजनाका रूपमा रहेका छन् ।
कम्पनीले पोखरा, चितवन, बुटवल, इटहरी र धरानलगायत सहरहरूमा सेवा विस्तार गरेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारतर्फ अस्ट्रेलिया, भारत र चीनमा पनि उपस्थिती बढाउँदै लगिएको कम्पनीको भनाइ छ । आरजी क्रिएसन्सले कन्सेप्ट विकासदेखि निर्माण र सञ्चालन व्यवस्थापनसम्म ‘इन्ड–टु–इन्ड’ सेवा प्रदान गर्दै आएको जनाएको छ ।