काठमाडौं ।
नुवाकोटको बट्टारमा रहेको बट्टार सहकारीले आफ्नो २४औं वार्षिक उत्सव मनाएको छ । संस्थाले आफ्नो २४ वार्षिक उत्सवको उपलक्ष्यमा विदुर ५ देवीघाटस्थित जेष्ठ नागरिक सेवा आश्रममा सहयोग प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले चामल, दाल, चिनी, तेलसहित विविध दैनिक खाद्य सामग्रीहरू आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपाललाई हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष टलकमान श्रेष्ठलगायत सञ्चालक पदाधिकारीहरू, संस्थाका सल्लाहकार, पूर्वअध्यक्ष र आश्रमका वृद्ध आमाबुबाहरू समेतको उपस्थिति रहेको थियो ।
देश नै कोरोना महामारीले आक्रान्त रहेको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सहकारीले अनलाइन र सामाजिक सञ्जालबाटै २४औं स्थापना दिवस मनाएको हो । सहकारीले स्तरीय सेवासुविधा प्रदान गर्दै सदस्यको हितलाई नै सर्वोपरि ठानेको भन्दै आउने दिनमा सदस्यहरूको सामाजिक, आर्थिक विकासमा अझै वृद्धि गर्न लागिरहने समेत जानकारी दिएको छ ।