काठमाडौं । नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराएको छ ।
कम्पनीले नयाँवर्ष २०८३को अवसरमा नयाँ अफर सार्वजानिक गरेको हो । अफरअन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइटअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ । ५ जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । त्यसैगरी न्यु इयर प्रिमियमअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । सोमवारदेखी सुरु भएको अफर आगामी वैशाख २ गतेसम्म लागू हुनेछ ।