काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग उनको कार्यकक्षमा बुधबार नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेट गरेका छन् ।
सो भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । बेलायत सरकारबाट नेपालको शैक्षिक उन्ननयनका निम्ति प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गरेका थिए ।
उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उनले राजदूतसमक्ष अनुरोध गरेको मन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ ।