काठमाडौं । इनड्राइभले आफ्नो डेलिभरी सेवा इनड्राइभ.कुरियर्सप्रति उल्लेखनीय रूपमा माग बढेको जनाएको छ । कम्पनीका अनुसार विशेषगरी साना तथा मध्यम व्यवसायहरूले यसमा सहभागी छन् ।
इनड्राइभ.कुरियर्स एक अन–डिमान्ड डेलिभरी सेवा हो, जसले व्यक्तिहरू र व्यवसायहरूलाई छिटो, भरपर्दो र पारदर्शी रूपमा सामान पठाउन कुरियर सेवासँग जोड्छ । यस सेवामार्फत ग्राहक र कुरियरबीच सिधै सहमतिमा उचित भाडा निर्धारण गरी सहरभित्र पार्सल पठाउन सकिन्छ । औसतमा, कुरियरहरू ५–६ मिनेटमै पिकअप स्थानमा पुग्छन् भने ४० सेकेन्डभन्दा कम समयमा अर्डर मिलान हुन्छ । औसत डेलिभरी दूरी करिब ६ किलोमिटर रहेको छ । इनड्राइभको आन्तरिक तथ्यांकअनुसार, सन् २०२५ को नेपाली नयाँ वर्षको अवधिमा डेलिभरी अर्डर संख्या अघिल्लो वर्षको तुलनामा दुई सय प्रतिशतभन्दा बढीले बढेको थियो । साथै, कुल प्रयोगकर्ता संख्या र साना तथा मध्यम व्यवसाय साझेदारहरू स्थानीय पसल, अनलाइन विक्रेता र घरबाट सञ्चालन हुने व्यवसायहरू समावेश छन् । अघिल्लो वर्षको तुलनामा सक्रिय व्यवसाय प्रयोगकर्ताको संख्या २.६ गुणाले बढेको कम्पनीले जनाएको छ । यस अवधिमा प्रयोगकर्ताहरूले कपडा, दैनिक उपभोग्य सामग्री, खाना, स्पेयर पाट्र्सदेखि लिएर बाकस तथा अन्य पार्सलसम्म विभिन्न सामान पठाउन प्लेटफर्म प्रयोग गरेका थिए ।
अर्डर संख्यामा काठमाडौंले ठुलो भूमिका खेलेको छ, जहाँ वर्ष–दर–वर्ष उल्लेखनीय वृद्धि देखिएको छ । साथै पोखरा र भरतपुरजस्ता सहरहरूमा पनि स्थिर विस्तार भइरहेको कम्पनीले जनाएको छ । यसले नेपालमा डेलिभरी सेवाको क्षेत्रमा इनड्राइभको सुदृढ उपस्थिति र नेपाली नयाँ वर्षजस्ता व्यस्त समयमा यसको बढ्दो महत्वलाई देखाउँछ । इनड्राइभ.कुरियर्सले नेपालका साना व्यवसायहरूका लागि भरपर्दो डेलिभरी समाधानका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउँदै आएको कम्पनीको भनाई छ ।