काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले मन्त्रालयमा बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनीहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा जर्मनीका सङ्घीय विदेशमन्त्री डा. योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त भएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेको राजदूत भोल्जले अवगत गराएका थिए ।