काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा समातिएका नेपाली अमृत झा रिहा भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा समातिएका झा मुक्त भएको जानकारी दिएका हुन् ।
इरानस्थित नेपाली महावाणिज्य दूतावास र कतारी राजदूतावास अहिले झाको सम्पर्कमा रहेको परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जाल एक्समा बुधबार साँझ उल्लेख गरेका हुन् । अब उनलाई इरानबाट ल्याउने प्रयास भइरहेको उनको भनाइ छ ।
यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई)ले रमादानको अवसर पारेर एक सय २८ नेपालीलाई जेलबाट मुक्त गरेको छ । विभिन्न आरोपमा जेल पुगेका उनीहरुलाई यूएई सरकारले आममाफी दिएको हो । यसका लागि परराष्ट्र मन्त्रालयले यूएईप्रति आभार व्यक्त गरेको छ ।