काठमाडौं । सिएफमोटो नेपालले सिएफमोटोका स्पेयर पाट्र्स देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध गराएको जनाएको छ ।
कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै देशभर जेनुइन स्पेयर पाट्र्सको सुपथ मूल्यमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार अब स्पेयर पाट्र्स काठमाडौं उपत्यकाभित्र तथा बाहिरका प्रमुख सहरहरूमा सहजै उपलब्ध हुनेछन् । यसले कम्पनीका प्रयोगकर्ताहरूलाई छिटो, भरपर्दो र किफायती मर्मत सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । काठमाडौं बाहिर बिर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरा र नेपालगञ्जमा जेनुइन स्पेयर पाट्र्स उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
त्यसैगरी उपत्यकाभित्र कालोपुलस्थित सिएफमोटो सर्भिस स्टेसन, बुद्धनगरस्थित काठमाडौं अटो क्लिनिक र सल्लाघारीस्थित राइडर ग्रुपमा सेवा विस्तार गरिएको छ । कम्पनीले स्पेयर पाट्र्सको मूल्य ग्राहकमैत्री बनाउने नीति लिएको र प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय तालिम कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको जनाएको छ ।