काठमाडौँ । बैङ्ककस्थित नेपाली दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका ४६ जना नेपालीको उद्धार गरेको छ । कम्बोडियाबाट उद्धार गरिएका सबै स्वदेश फर्केको जनाइएको छ । गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी उनीहरूलाई स्वदेश फर्काइएको हो ।
आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका उक्त दूतावासले जानकारी दिएको छ ।
श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान दूतावासले अनुरोध पनि गरेको छ ।