काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ६९ लाख १६ हजार तीन रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ लाख ९८ हजार पाँच सय चार रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ८४ करोड ७१ लाख १२ हजार दुई सय ९६ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७२ करोड ६७ लाख १२ हजार छ सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८५ करोड ४० लाख ७० हजार नौ सय ४२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १६ दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब १० करोड २८ लाख ६३ हजार सात सय ६३ रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५६ करोड ३८ लाख नौ हजार एक सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।