काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले बुधबार लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिने क्लोज प्रकृतिका दुई फन्डलाई स्वीकृति दिएको हो ।
बोर्डका अनुसार लक्ष्मी सनराइज क्यापिटलको ‘एलएस होराइजन १२’ ले १२ करोड इकाइ र सिद्धार्थ क्यापिटलको ‘सिद्धार्थ इक्विटी फन्ड २’ ले १० करोड इकाइ निष्कासन गर्ने अनुमति पाएका छन् । दुवै फन्डको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ । यससँगै यी दुई फन्डमार्फत कुल २२ करोड इकाई, अर्थात् २ अर्ब २० करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष सर्वसाधारणका लागि खुला गरिने छ ।