काठमाडौं । इनड्राइभले ‘राइड मोर, विन मोर!’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेनमार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको हो । यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ राइड बराबर १ लक्की–ड्र टिकट पाईनेछ । मेगा गिभअवेमा सहभागी हुन राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा २ वटा कारोबार गर्नुपर्नेछ । यस क्याम्पेनको आकर्षक पुरस्कारहरू १० वटा अनर एक्स ७ डि स्मार्टफोन (मेगा गिभअवे) जित्ने अवसर रहेको छ ।
यसैगरि प्रोमो कोड पुरस्कार एक हजार जनालाई १५ प्रतिशत क्यासब्याक, एक हजार जनालाई नै दुई सय रुपैयाँबराबरको क्यासब्याकसहित एयरलाइन प्रोमो कोड र १ सय जनालाई खल्ती प्रो मा अपग्रेड रहेको छ । इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले यस क्याम्पेन मार्फत अझ धेरै मानिसलाई कम्पनीको सेवाको अनुभव गराउन चाहेको बताइन् । खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर यात्रालाई अझ सहज र सुरक्षित बनाउँदै लैजाने बताए । यसले विशेषगरी चाडपर्वको समयमा प्रयोगकर्तालाई थप सुविधा दिने उनको भनाइ छ । यो क्याम्पेन नेपालभरिका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । सहभागी हुन क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्छ । लक्की–ड्र हरेक हप्ता हुनेछ र विजेताहरू इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिनेछ ।