काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स–८ सिरिज सार्वजानिक गरेको छ ।
कम्पनीले पोको एक्स–८ सिरिजअन्तर्गत दुई स्मार्टफोन पोको एक्स–८ प्रो ५ जि र एक्स–८ प्रो म्याक्स ५जि सार्वजनिक गरेको हो । पोको एक्स–८ प्रो ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००–अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्ने कम्पनीको भनाइ छ । यसमा ६५०० एमएएच पावरको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ । यसमा ५० एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रावाइड क्यामेरा र २० एमपीको फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिने कम्पनीको भनाइ छ । यसको डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२० हर्ज अल्ट्रा–ब्राइट एमोलेड स्क्रिन छ, जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ । यसबाहेक पोको एक्स–८ प्रो ५जि मा आईपी६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै पोको एक्स–८ प्रो म्याक्स ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिएको छ । यसमा ८५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री, १०० वाट हाइपरचार्ज, २७ वाट रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ । यस स्मार्टफोनमा ६.८३ इन्चको १.५के १२० हर्ज अल्ट्रा–ब्राइट एमोल्ड डिस्प्ले रहेको छ । यसमा ५० एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २० एमपी फ्रन्ट क्यामेरा रहेको छ । यसमा पनि आईपी६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्यास, ड्रप, बेन्ड र प्रेसर रहेको छ ।
कम्पनीका अनुसार पोको एक्स–८ प्रो ५जि दुई भेरियन्टमा उपलब्ध छ । ८/२५६जीबी भेरियन्टको बजार मूल्य ६३ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै १२/५१२ जीबीको मूल्य ७३ हजार ९९९ रुपैयाँ रहेको छ । यी दुवै भेरियन्टहरू कालो, हरियो र सेतो रङमा उपलब्ध छन् । त्यसैगरी, एक्स–८ प्रो म्याक्स ५जि १२/२५६जीबीको मूल्य ७९ हजार ९९९ रुपैयाँ र १२/५१२जीबीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी दुवै भेरियन्टहरू निलो, कालो र सेतो रङमा उपलब्ध छन् । ग्राहकहरूको सुविधाका लागि पोकोले नौ महिनासम्मको इएमआई र एक वर्षको ब्रान्ड वारेन्टीको सुविधा दिएको छ । यी दुवै स्मार्टफोनहरू टेलिटकका आधिकारिक सोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।