काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले आइतबार सेयर बाँडफाँट गरेको हो । कम्पनीले कुल सात लाख कित्ता सेयर निष्कासन गरेको थियो भने यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको थियो ।
बाँडफाँटअनुसार एक हजार सात सय नौजना आवेदकले छ लाख ९६ हजार चार सय २० कित्ता सेयर प्राप्त गरेका छन् । आवेदनका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सात सय ७० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । त्यसैगरी, आठ सयदेखि सात हजार कित्तासम्म माग गर्ने आवेदकमध्ये चार सय ६३ जनाले सात सय ८० कित्ताका दरले कुल तीन लाख ६१ हजार एक सय ४० कित्ता सेयर प्राप्त गरेका छन् । सोही समूहभित्रका तीन सय ५८ जना आवेदकले भने १० कित्ताका दरले कुल तीन हजार पाँच सय ८० कित्ता सेयर पाएका छन् । कम्पनीले बाँडफाँटको नतिजा सम्बन्धित बिक्री प्रबन्धकमार्फत हेर्न सकिने जानकारी दिएको छ ।