काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५८ करोड ८६ लाख ९८ हजार सात सय २१ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा नौ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकले ४९ करोड ३१ लाख ८४ हजार पाँच सय ६९ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब २१ करोड १९ लाख ३० हजार आठ सय १५ रुपैयाँ रहेको बैकले चालु आवको तेस्रो त्रैमासमा ६४ अर्ब ९५ करोड सात लाख ३२ हजार तीन सय ५३ रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख ८७ हजार पाँच सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ८१ करोड ८३ लाख ४९ हजार तीन सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख एक हजार एक सय ६४ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब सात करोड ७४ लाख ९७ हजार दुई सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६६ करोड ४२ लाख ९३ हजार एक सय ३१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।