काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नारायण बहादुर कार्कीलाई नियुक्त गरेको छ ।
संस्थाको यही वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक कार्कीलाई अर्को निर्णय नभएसम्मका लागि कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो । संस्थाका अनुसार उक्त जिम्मेवारी वैशाख चार गतेदेखि लागू हुने गरी प्रदान गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दाहालको पदावधि वैशाख ३ गते समाप्त भएसँगै नेतृत्व परिवर्तन गरिएको हो । यो सँगै संस्थाको दैनिक सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हालका लागि कामु प्रमुख कार्यकारी कार्कीले सम्हाल्ने भएका छन् ।