काठमाडौं । नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले आकर्षक अफर ल्याएको छ । कम्पनीले वैशाख १ गतेदेखि नै लागू हुनेगरी अफर सञ्चालनमा ल्याएको हो ।
यस अफरअन्तर्गत ग्राहकहरूले याडिया स्कुटर खरिद गर्दा शून्य प्रतिशत ईएमआई सुविधासँगै विशेष उपहार ह्याम्पर पाउनेछन् । यो अफर वैशाख महिनाभरि लागू हुने कम्पनीले जनाएको छ । नेपालभर विद्युतीय सवारीसाधनप्रति बढ्दो चासोको बीच, यस योजनाले सुरुवाती लागतजस्ता मुख्य अवरोधलाई सम्बोधन गर्दै बढीभन्दा बढी ग्राहकलाई विद्युतीय मोबिलिटीतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ । नजिकको सोरुममा गई विभिन्न मोडेलहरू अवलोकन गर्न र यस विशेष अफरको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।