काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्ना नयाँ दुई उत्पादनहरु बजारमा ल्याएको छ । नेपाली बजारमा नयाँ वर्षको अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा नयाँ उत्पादन सार्वजनिक गरिएको हो ।
कम्पनीले रेड नेचर र ब्लु नेचर नामका ४० यूपी प्रिमियम स्पिरिटहरू बजारमा ल्याएको छ । कम्पनीका अनुसार यी उत्पादनहरू वैशाख ५ गतेदेखि देशभर उपलब्ध रहेको कम्पनीले जनाएको हुनेछन् । उच्च गुणस्तरलाई प्राथमिकता दिँदै तयार गरिएको यी प्रिमियम स्पिरिटहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ । आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण यी उत्पादनले प्रिमियम सेग्मेन्टमा नयाँ पहिचान स्थापित गर्ने विश्वास लिइएको छ । ७५० एमएल क्षमताको बोतलको एमआरपी एक हजार दुई सय ४० रुपैयाँ तोकिएको छ । कम्पनीका प्रतिनिधिका अनुसार उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको र उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आगामी दिनहरूमा पनि यस्तै नवीन र प्रिमियम उत्पादनहरू बजारमा ल्याउने योजना बनाएको जनाएको छ ।