काठमाडौं । नेपालमा मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा सशक्त सामसङ नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ ।
यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने जनाइएको छ । यस अभियानअन्तर्गत सामसङले ‘सामसङ रेमिट मा बेनिफिट’ नामक पहल सार्वजनिक गरेको छ । यसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ । साथै, सामसङका एआई–सक्षम डिभाइसहरूले उनीहरूको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउँछन् । सामसङले सजिलो र सहज प्रयोग अनुभवमार्फत जीवनलाई सरल बनाउँछ ।
यस पहलअन्तर्गत सामसङले आईएमई रेमिट, एनसेल, खल्टी वाई आईएमई र हुलास फिन सर्भ लि.सँग मिलेर सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ । यसमा एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो ईएमआई र खल्तीमार्फत क्यासब्याक जस्ता सुविधा समावेश छन्, जसले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिनेछ । यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुनेछ । यस अभियानले दीर्घकालीन विश्वसनीयता, वारेन्टी, र सहज इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनौट गर्ने महत्वलाई पनि जोड दिएको छ ।