काठमाडौँ ।
निर्वर्टी इर्नर्जी कम्पनी र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरी बाँडफाँड गरेको तथा संस्थापकहरूले लगानी गरेको समेत गरी एक सय रुपैयाँ अंकित दरका जम्मा एक करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीका अनुसार शुक्रबार भएको सम्झौतामा लिवर्टी इनर्जी कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन् । कम्पनीले सेयरसम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई सेयर रजिष्टार नियुक्त गरेको छ ।
उक्त कम्पनीद्वारा निर्माणाधीन लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना हाल निर्माणको अन्तिम चरणमा रहेको छ । कम्पनीद्वारा सर्वेक्षण अनुमतिपत्र प्राप्त थप दुईवटा जलविद्युत आयोजनाहरू समेत सर्वेक्षणको क्रममा रहेको छ ।