काठमाडौँ ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्रीमा चयन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। शाह यसअघि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए। उनी लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका व्यक्ति हुन्।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका निकट सहयोगीका रूपमा चिनिने भूपदेव शाह, बालेनको सचिवालयमा समेत कार्यरत रहिसकेका थिए। प्रमुख स्वकीय सचिवको रूपमा उनले प्रशासनिक तथा राजनीतिक समन्वयको जिम्मेवारी सम्हालेका थिए। पछिल्लो पटक सम्पन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम–२ बाट उम्मेदवार बनेका थिए। यद्यपि, उक्त निर्वाचनमा उनी पराजित भएका थिए।पार्टीभित्र संगठन विस्तार र आन्तरिक व्यवस्थापनलाई मजबुत बनाउन रास्वपाले उनको भूमिकालाई अझ महत्वपूर्ण बनाउँदै महामन्त्रीको जिम्मेवारी दिएको बताइएको छ।