काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति अध्यक्ष नियुक्तीको लागि तीन सदस्यीय समिति गठन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी समिति गठन गरेको हो ।
यसअघि धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोष नारायण श्रेष्ठ रहेका थिए । विवादित व्यवसायी दिपक भट्टको व्यवसायीक साझेदारसमेत रहेको आरोप लाग्दै आएका तत्कालीन अध्यक्ष श्रेष्ठ सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा भट्ट पक्राउ परेसंगै निकै तनावमा रहेका थिए । यही बीचमा केही दिनअघि मात्र श्रेष्ठले बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । अहिले बोर्ड अध्यक्ष बिहिन अवस्थामा रहेको छ ।