काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन दुई दशमलव ९५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन बिहिबार १७ दशमलव शुन्य एक अंकले ओरालो लागेर २७ सय ८७ दशमलव १५ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९४ अंकले ओरालो लागेर चार सय ६८ दशमलव २७ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४८ वटा कम्पनीहरुको ९३ हजार नौ सय सात पटकको कारोबारमा एक करोड १३ लाख ७५ हजार छ सय ९९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब नौं करोड ५९ लाख पाँच हजार सात सय ५७ रुपैैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये तीन वटा उपसमुहरुको सुचक उकालो लागेर बाँकी उपसमुहरुको सुचक खुम्चिएका छन् । आज उत्पादनमुल, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य उपसमुहको सुचक पनि खुम्चिएका छन् ।