काठमाडौं । एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार संस्थापक सेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार चार सय २४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो  ।

संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकोले हाल उक्त सेयरमा एनएमबी बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।