काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ बैंक (एसबीएल ) को ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार’ सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार बैंकको तीन अर्ब ५० करोड रुपैयाँ बराबरको तीन करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत सेयर वैशाख १० गते, बिहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जानकारी दिएको छ ।