काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा संस्थाको तीन लाख १९ हजार एक सय चार कित्ता बोनस सूचीकृत भएको हो । संस्थाले गत आर्थिक वर्षको खुद नाफाबाट आफ्ना सेयरधनीहरूलाई १४ दशमलव २५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने संस्थाले जानकारी दिएको छ ।