काठमाडौं । केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले संसदीय दलको नेता चयनका लागि शुक्रबार हुने निर्वाचनअघि सर्वसम्मतका लागि बैठकमा छलफल भइरहेको जानकारी दिए ।