काठमाडौँ , नेकपा एमालेले ऐन महरलाई प्रमुख सचेतकमा चयन गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले महरलाई उक्त जिम्मेवारीमा नियुक्त गरेका हुन्। बझाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य महरले प्रमुख सचेतकको जिम्मेवारी पाउँदा खुसी व्यक्त गर्दै पूर्ण निष्ठा र इमानदारिताका साथ आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। महर प्रतिनिधिसभामा एमालेको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका सांसद हुन्।