काठमाडौँ , सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ। वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले डा. लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। सरकारी निर्णयअनुसार महावाणिज्यदूत लेखकलाई पदबाट फिर्ता बोलाइएको हो।