काठमाडौं । आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगि अन्र्तगतको आजको खेलमा नेपाल ३७ रनले बिजयी भएको छ । दीपेन्द्रसिंह ऐरिको अर्धशतकको सहयोगमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २०१ रनको चुनौती दिएको थियो । तर युएईका ब्याटरहरु नेपाली बलरसामु निरिह हुन पुगे । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै ‘विकेट’ गुमाउँदै २०० रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह एरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका थिए ।
नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किएका थिए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिएका थिए ।अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५।१५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको छ । युइईले १६३ रन मात्र बनाउन सक्यो । उसलाई कम स्कोरमा रोक्न नेपालका बलर करन केसी४, सन्दिप लामिछाने २ , सोमपाल कामी २,दिपेन्द्र सिंह ऐरी र ललित नारायणराज वंशिले समान एक एक विकेट प्राप्त गरे ।