प्रधानमन्त्री वालेन्द्र शाहले शनिबारसम्म सुकुमबासी बस्ती नियन्त्रण गर्न निर्देशन दिएसँगै शनिबार काठमाडौं महानगरले सुकुमबासी बस्तीमा डोजर चलाएको छ । कामनपाले केन्द्र सरकारको निर्देशनपछि शनिबार उपत्यका किनारका सुकुमबासी बस्तीमा डोजर चलाएको हो । कामनपा स्रोतका अनुसार शनिबार आधा दर्जन डोजर प्रयोग गरी डोजर लगाइएको हो । त्यसअघि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए । ती बस्तीमा बसोबास गर्दै आएकाले सरकारले बिहीबार माइकिङ गरेयता नै आ–आफ्ना सामान ओसारपसार गरेका थिए । कामनपाले पाँचवटा सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।
लगत संकलन
काठमाडौंका पाँचवटा बस्तीबाट हटाइएका सुकुमबासीलाई नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने सरकारको तयारी छ । सरकारले काठमाडौंका नदी किनारका सुकुमबासी बस्ती हटाउने क्रम जारी रहेको जनाएको छ । काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा रहेको सुकुमबासी बस्ती खाली गरिएको छ । त्यस्तै, काठमाडौं–९ स्थित गैरीगाउँ र काठमाडौं–३१ स्थित शान्तिनगरको बस्ती खाली गर्ने क्रम जारी रहेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र कागेश्वरी मनोहरा–९ को मनोहरा टोलमा रहेका सुकुमबासी बस्ती खाली गरिँदै छ ।
पाँचै बस्तीमा रहेका सुकुमाबासीलाई सम्पर्क गर्न भनिएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ । हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । होटलमा राखिएका परिवार वास्तविक सुकुमबासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबारबाट सुरु गरिने भएको छ । वास्तविक सुकुमबासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गर्ने सरकारी योजना छ । शनिबार साँझसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएको जनाएको छ । अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ ।
कहा“ बस्छन् ?
सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ । हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । होटलमा राखिएका परिवार वास्तविक सुकुमबासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबारबाट सुरु गरिने भएको छ । वास्तविक सुकुमबासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिने जनाएको छ ।त्यस लगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नागार्जुनमा सुकुम्बासी !
काठमाडौं उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती खाली गराउने कार्य जारी रहेको सरकारले जनाएको छ । शनिबार तीन बस्तीमा डोजर चलेको छ भने थप दुई बस्ती खाली गराइने भएको छ । शनिबार काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ । त्यस्तै, काठमाडौं–९ स्थित गैरीगाउँ र काठमाडौं–३१ स्थित शान्तिनगरको बस्ती खाली गर्ने क्रम जारी रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ । यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र कागेश्वरी मनोहरा–९ को मनोहरा टोलमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी रहेको जनाइएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका छन् । शनिबार साँझसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएको जनाएको छ । अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ ।
काठमाडौंका पाँच वटा बस्तीबाट हटाइएका सुकुमबासीलाई नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने सरकारको तयारी छ । सरकारले काठमाडौंका नदी किनारका सुकुमबासी बस्ती हटाउने क्रम जारी रहेको जनाएको छ । काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा रहेको सुकुमबासी बस्ती खाली गरिएको छ । त्यस्तै, काठमाडौं–९ स्थित गैरीगाउँ र काठमाडौं–३१ स्थित शान्तिनगरको बस्ती खाली गर्ने क्रम जारी रहेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र कागेश्वरी मनोहरा–९ को मनोहरा टोलमा रहेका सुकुमबासी बस्ती खाली गरिँदै छ । पाँचै बस्तीमा रहेका सुकुमबासीलाई सम्पर्क गर्न भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ । हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
होटलमा राखिएका परिवार वास्तविक सुकुमबासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबारबाट सुरु गरिने भएको छ । वास्तविक सुकुमबासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गर्ने सरकारी योजना छ । शनिबार साँझसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएको जनाएको छ । अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ ।
मनोहरामा ढुंगामुढा
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित मनोहरा सुकुमवासी बस्तीमा डोजर चलाउँदा ढुंगामुढा प्रहार गरिएको छ भने केही प्रहरी घाइते भएका छन् । सरकारले काठमाडौंका नदी किनारका सुकुमबासी बस्ती हटाउने क्रममा शनिबार साँझ मनोहरा बस्तीमा डोजर लगाएको थियो । अँध्यारोमा डोजरले घर भत्काउन थालेपछि स्थानीय बासिन्दाले ढुंगा प्रहार गरेका हुन् । स्थानीय बासिन्दाले ढुंगा प्रहार गरेपछि केही प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । थिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानासहित केही प्रहरी घाइते भएका हुन् । डोजर चलाउँदा स्थानीय अवरोध गरेपछि सुकुमवासी बस्तै हटाउने कार्य रोकिएको छ । अइतबार बिहानदेखि फेरि डोजर चलाइने प्रहरीले जनाएको छ । मनोहरा बस्तीमा केही पक्की घर पनि छन् । पक्की घर डोजरले भत्काउन थालेपछि स्थानीय बासिन्दा आक्रोसित बनेका हुन् । यसअघि सरकारले काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा डोजर चलाएको थियो । थापाथली बस्ती खाली भएको छ । त्यस्तै, काठमाडौं–९ स्थित गैरीगाउँ र काठमाडौं–३१ स्थित शान्तिनगरको बस्तीमा पनि डोजर चलाएको थियो । दुवै बस्तीका बासिन्दा सामान सार्दै घरबाट निस्केका थिए । सरकारले काठमाडौंको नदी किनारका पाँचवटा बस्ती खाली गराउने जनाएको छ । बाँकी बस्तीमा आइतबार पनि डोजर चलाउने सरकारको तयारी छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका छन् ।