काठमाडौँ । मनोहरा नदी किनारको सुकुमबासी बस्तीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की पुगेका छन् । मनोहरा नदी किनारको दुवैतर्फ आइतबार बिहानदेखि डोजर चलाएर बस्ती खाली गराइँदैछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जडीबुटीस्थित मनोहरा फाँटमा पुगेर सुरक्षा अवस्था र भूमिहीन नागरिकलाई सुरक्षित स्थानान्तरण कार्यको वस्तुस्थिति अवलोकन गरी आईजीपी कार्की फर्केका हुन् ।