काठमाडौं । नेपाल टेलिकमले समर अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको छ । टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई ३० दिनको बनाइएको छ । कम्पनीका अनुसार अब सबै प्याकेजहरु ३० दिनका हुनेछन् । त्यसैगरी भ्वाइस प्याकअन्तर्गत ३० दिनको प्याकेजहरु अब सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधासहित उपलब्ध हुनेछन् । त्यसैगरी विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ । धेरैको रोजाइमा परेको सजिलो अनलिमिटेड प्याकलाई अझ आकर्षक बनाइएको कम्पनीको दाबी छ । यसअन्तर्गत ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । त्यसैगरी ७९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक १५० जीबी डाटा र २५० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।
डाटा प्याकअन्तर्गत ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा प्याक उपलब्ध हुनेछ । ५९९ रुपैयाँमा २ जीबी प्रतिदिन र ३४९ रुपैयाँमा १ जीबी प्रतिदिन प्रयोग गर्न सकिने मासिक डाटा प्याक उपलब्ध हुनेछ । अनलिमिटेड प्याकेजअन्तर्गत २५ रुपैयाँमा १ घण्टासम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज उपलब्ध हुनेछ भने ९९९ रुपैयाँमा ३० दिन सम्म प्रतिदिन चलाउन मिल्ने ५ एमबीपीएस डाटा प्याकेज उपलब्ध हुनेछ । यसै अनुसार अन्य प्याकेजका साथै नाइट र कम्बो प्याकेज समेत उपलब्ध छन् । भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन् । त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् ।
ग्राहकले आफ्नो मोबाइलबाट स्टार१४१५ह्याक्स डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरुसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।