काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संंस्थापक सेयरधनी समूहको ५० हजार कित्ता संस्थापक सेयर जो कोहीले पनि किन्न पाउने गरी लिलाममार्फत बिक्री गर्न लागेको हो ।
सेयरको प्रतिकित्ता न्यूनतम मूल्य चार सय एक रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम दुई हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । बोलपत्र वैशाख १० गतेदेखि वैशाख २४ गते बैंकिङ्ग समयभित्र पेश गरिसक्नुपर्ने छ । यस्तो बोलपत्र काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको कार्यालयमा पाइने र सोही कार्यालयमा बुझाउन सकिने संस्थाले जानकारी दिएको छ ।