काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड तीन लाख २७ हजार पाँच सय ७७ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ७१ लाख १२ हजार नौ सय ३६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी एक अर्ब ३२ करोड ३५ लाख आठ हजार ५३ रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ५८ करोड ४७ लाख ८२ हजार सात सय २६ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १२ करोड ७३ लाख ३८ हजार पाँच सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ३४ लाख ९० हजार छ सय २८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा संस्थाले ४५ करोड ५५ लाख ६९ हजार छ सय ११ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९३ करोड ६३ लाख ९६ हजार चार सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ९२ लाख ४८ हजार एक सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।