काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आहृवान गरेको छ । कम्पनीले यही जेठ छ गते काठमाडौंमा आफ्नो आठौं वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब १५ करोड रुपैयाँ मध्येबाट पाँच प्रतिशतका दरले हुन आउने १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न लागेको छ । यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीको शून्य दशमलव २६ प्रतिशतका दरले हुन आउने ५६ लाख ५७ हजार आठ सय ९५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।