काठमाडौं । सालपा विकास बैंक खुद नोक्सानीमा देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३१ लाख ८९ हजार तीन सय ६४ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नोक्सानी ३५ लाख ८४ हजार छ सय ९५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४९ करोड ४३ लाख ३७ हजार छ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १९ करोड ७५ लाख २१ हजार छ सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ५७ लाख ४९ हजार सात सय ५८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ३८ करोड १६ लाख ७२ हजार आठ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब नौ करोड ६२ लाख ३७ हजार २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड २२ लाख १५ हजार दुई सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा छ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।