काठमाडौं । बतास अर्गनाइजेसन र एमएडब्लू इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लू कमर्सियल भेहिकल्सले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।
कम्पनीले नेपालभर विभिन्न कार्यक्रम गरी मनाएको हो । तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्याउने लक्ष्यलाई प्राथमिकता दिएको जनाएको छ । यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममार्फत ५१ युनिट रगत संकलन गरिएको कम्पनीले जनाएको छ । साथै, कम्पनीले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो, यसबाट ८७ जना व्यक्तिहरू लाभान्वित भएका छन् । व्यक्तिगत स्वास्थ्यबारे सचेतना बढाउने र कर्मचारी तथा स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यी शिविरहरूको आयोजना गरिएको कम्पनीको भनाइ छ ।
पर्यावरणीय जिम्मेवारीतर्फ पनि कम्पनीले विशेष ध्यान दिएको छ । कम्पनीले देशभर रहेका आफ्ना १४ शाखामार्फत कम्पनीले वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको हो । यस पहलमार्फत भविष्यका पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान गर्ने सन्देश दिएको कम्पनीको भनाइ छ । यसले वातावरणीय प्रभाव घटाउने र सकारात्मक परिवर्तन ल्याउने जनाइएको छ । ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले वृद्धाश्रममा खाद्यान्न वितरण गरेको थियो ।