काठमाडौं । दुगड अर्थमुभर्स प्रालिले ‘हाइड्रोपावर कस्टमर मिट’ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडको सहकार्यमा सो मिट आयोजना गरेको हो ।
कार्यक्रममा हाइड्रो परियोजना सञ्चालकहरू, ठेकेदारहरू तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले नेपालका हाइड्रोपावर परियोजनाहरूमा दिगो सहकार्यका बारेमा धाराणा राखेका थिए । एमभी दुगड समूहको व्यावसायिक पोर्टफोलियोसम्बन्धी प्रस्तुति कार्यकारी निर्देशक शुभम दुगडले दिएको थिए । कार्यक्रमको मुख्य आकर्षण टाटा हिटाची उपकरणहरूको उच्च विश्वसनीयता, टिकाउपन तथा कठिन भौगोलिक अवस्थामा उत्कृष्ट प्रदर्शनमा केन्द्रित थियो ।