काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले सेल्स एन्ड एक्सचेन्ज एक्सिलेन्स योजना सञ्चालन गरेको छ ।
कम्पनीले यो विशेष योजना मंगलबारसम्म नेपालभर रहेका सबै प्रोटोन सोरुमहरूमा सञ्चालन हुने जनाइएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई. मास सेबेनलगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, एक वर्षको निःशुल्क बीमा, एक वर्षको रोड ट्याक्स, सात किलोवाटको चार्जर तथा आठ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार, यो योजना ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको हो । विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रेरित गर्ने कम्पनीको विश्वास रहेको छ । नेपालभर रहेका सबै प्रोटोन सोरुमहरूमा लागू हुने यस योजनाबाट ग्राहकहरूले सीमित अवधिसम्म विशेष लाभ लिन सक्नेछन् ।