नेपालमा अन्तर्राष्ट्रिय डेटा सेन्टर, कम्प्युटिङ सेन्टरको सम्भावनाबारे समय–समयमा कुरा उठ्ने गरेको छ । विशेष गरेर चिसो हिमाली भेगमा कम्प्युटिङ सेन्टर राख्दा प्राकृतिक रूपमै कम्प्युटिङ मेसिनलाई चिस्याउन सकिने हुनाले अत्तिरिक्त कुलिङ सिस्टमको आवश्यकता पर्दैन, यसले गर्दा विद्युत् पनि कम खर्च हुन्छ भन्ने धारणा देखिन्छ । यसो सुन्दा यो धारणा जायजै लाग्छ । तर डेटा सेन्टर, कम्प्युटिङ सेन्टरको लागि कुलिङ सिस्टम मात्रै मुख्य कुरा होइन । कुलिङ सिस्टमले धेरै विद्युत् खपत गर्छ र यसले कम्प्युटिङ सेन्टर सञ्चालनको खर्च बढ्छ । डेटा सेन्टर, कम्प्युटिङ सेन्टरको लागि दक्ष जनशक्ति, पर्याप्त विद्युत् आपुर्ति, सुरक्षा व्यवस्था इत्यादि पनि अत्यावश्यक हुन्छ । सर्वप्रथम डेटा सेन्टर कम्प्युटिङ सेन्टरको लागि जीपीयू तथा अन्य आधारभूत उपकरणहरूको साथै दू्रत गतिको भरपर्दो इन्टरनेट कनेक्सन पनि आवश्यक हुन्छ । यसको लागि धेरै ठूलो लगानी चाहिन्छ । हिमाली भेगमा डेटा सेन्टर, कम्प्युटिङ सेन्टरको लागि आवश्यक पूर्वाधार निर्माण गर्नु नै चुनौतीपूर्ण हुन्छ । त्यसलाई चाहिने विद्युत् आपुर्ति गर्न छुट्टै हाइड्रोपावर स्टेसन निर्माण गर्नुपर्ने हुन्छ । एउटा ठूलो डेटा सेन्टर, कम्प्युटिङ सेन्टरलाई सम्भवतः अहिले नेपालभरिको विद्युत् क्षमताको आवश्यक हुन सक्छ । उदाहरणको लागि च्याटजीपीटी–४ एआई मोडल ट्रेनिङ गर्न ५० गिगावाट आवरभन्दा बढी विद्युत्को आवश्यक हुन्छ । एक युनिट बिजुली भनेको एक किलोवाट आवर हो, एक गिगावाटबराबर एक लाख किलोवाट हुन्छ । अर्बौँ डलरको लगानी चाहिने हुनाले डेटा सेन्टर, कम्प्युटिङ सेन्टरको सुरक्षा अर्को चुनौती हुन्छ । त्यसपछि कुरा आउँछ, डेटा सेन्टरमा स्टोर गरेको डेटाको सुरक्षा । साइबर सेक्युरिटी अत्यन्तै गहन र चुनौतीपूर्ण विषय हो ।
डेटा सेन्टर, कम्प्युटिङ सेन्टर निर्माण तथा लगानीको विषयमा यदि नेपाली लगानीले नै बनाउने हो भने यसको ग्राहक अथवा प्रयोगकर्ता को हुन्छ त ? कुन देशको कुन कम्पनीले आफ्नो डेटा नेपालको कम्प्युटिङ सेन्टरमा प्रशोधन गर्छ र नेपालको डेटा सेन्टरमा स्टोर गर्छ ? अनि हामीले त्यो डेटाको सुरक्षाको जिम्मा लिन सक्छौँ ? ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू जस्तैः आमाजोन, मेटा, ओपन एआईजस्ता कम्पनीहरूले कुन आधारमा नेपालमा त्यति ठूलो लगानी गर्छन् ? ती कम्पनीहरूले ठूला–ठूला डेटा सेन्टरहरू मध्यपूर्वी देशहरूमा राखेको छ, कसैले त डेटा सेन्टर, कम्प्युटिङ सेन्टरको उपकरणहरू नै समुद्रमुनि राखेका छन् । यस्तो अवस्थालाई नियाल्दा ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूले यस क्षेत्रमा नेपालमा ठूलो लगानी गर्ने सम्भावना छैन । डेटा सेन्टरकै कुरा र्ने हो भने नेपालमा सरकारी वा गैरसरकारी डेटा स्टोर गर्नका लागि सानै भए पनि एउटा डेटा सेन्टर चाहिन्छ ।
डेटा सेन्टर, कम्प्युटिङ सेन्टर निर्माण तथा लगानीको विषयमा यदि नेपाली लगानीले नै बनाउने हो भने यसको ग्राहक अथवा प्रयोगकर्ता को हुन्छ त ? कुन देशको कुन कम्पनीले आफ्नो डेटा नेपालको कम्प्युटिङ सेन्टरमा प्रशोधन गर्छ र नेपालको डेटा सेन्टरमा स्टोर गर्छ ? अनि हामीले त्यो डेटाको सुरक्षाको जिम्मा लिन सक्छौँ ? ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू जस्तैः आमाजोन, मेटा, ओपन एआईजस्ता कम्पनीहरूले कुन आधारमा नेपालमा त्यति ठूलो लगानी गर्छन् ? ती कम्पनीहरूले ठूला–ठूला डेटा सेन्टरहरू मध्यपूर्वी देशहरूमा राखेको छ, कसैले त डेटा सेन्टर, कम्प्युटिङ सेन्टरको उपकरणहरू नै समुद्रमुनि राखेका छन् । यस्तो अवस्थालाई नियाल्दा ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूले यस क्षेत्रमा नेपालमा ठूलो लगानी गर्ने सम्भावना छैन । डेटा सेन्टरकै कुरा र्ने हो भने नेपालमा सरकारी वा गैरसरकारी डेटा स्टोर गर्नका लागि सानै भए पनि एउटा डेटा सेन्टर चाहिन्छ ।
सिंहदरबारभित्र सरकारी डेटा सेन्टर भएको त सबैलाई विदितै छ । यसमा मुख्य चुनौती नै डेटा सेन्टरको डेटाको सुरक्षा हुन्छ । डेटा चोरी हुनबाट कसरी रोक्ने ? हामीकहाँ के नै डेटा छ र चोरी गर्नको लागि ? भनेर मानिसहरूको सोच होला । तर देश र जनताको संवेदनशील डेटाको सुरक्षा धेरै महवपूर्ण हुन्छ । देशभित्रका वा बाहिरका अराजक तत्वहरूले ती डेटालाई दुरुपयोग गरी धेरै ठूलो हानी नोक्सनी पु¥याउन सक्छ । हाम्रो देशका एउटा नेसनल पेमेन्ट गेटवे स्थापना गर्ने सन्दर्भमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्वार्थका लागि गरेको उल्टो यात्राले पनि नेपालको बेइमानी प्रस्ट भइसकेको छ । डेटा सुरक्षाकै प्रसङ्गमा हालै अन्तर्राष्ट्रिय मिडियामा छापिएको एउटा समाचार चर्चाको विषय बनेको छ । ती मिडियाहरूका अनुसार एउटा ह्याकर, जसले आफ्नो नाम फ्लेमिङ चाइना भनेर चिनाउँछन् । उसले चिनियाँ सरकारको थियानचीन सहरस्थित सुपर कम्पयुटरबाट अत्यन्तै ठूलो परिमाणमा धेरै संवेदनशील डेटा चोरी गरेको छ र सायद यति धेरै परिमाणमा चिनियाँ डेटा चोरी भएको पहिलो पटक नै होला ।
सम्भवतः १० पेटा बाइट डेटा चोरी भएको छ । एक पेटा बाइटबराबर एक हजार टेरा बाइट हुन्छ, एक टेरा बाइटबराबर एक हजार गिगा बाइट हुन आउँछ । अहिले बजारमा राम्रो कम्प्युटरमा एक टेरा बाइटको हार्डडिस्क हुन्छ । चीनको अन्य तीन सहरहरूमा पनि सुपर कम्प्युटर छ । थियानचीन सहरको सुपर कम्प्युटर एउटा केन्द्रीकृत पूर्वाधार हो, जसले छ हजारभन्दा बढी संघसंस्थाहरूलाई सेवा प्रदान गर्छ । त्यसमा आधुनिक सुरक्षा निकायदेखि हवाई जहाज डिजाइन, मिलिटेरी अनुसन्धान, बम निर्माण, मिसाइल डिजाइन इत्यादि अत्यन्तै संवेदनशील डेटा रहेको आशंका गरिएको छ । त्यस ह्याकरले फ्लेमिङ चाइना नामबाट गत फेब्रिअरीमा टेलिग्राम च्यानलमार्फत केही डेटा स्याम्पल पोस्ट गरेको थियो ।
सम्भवतः १० पेटा बाइट डेटा चोरी भएको छ । एक पेटा बाइटबराबर एक हजार टेरा बाइट हुन्छ, एक टेरा बाइटबराबर एक हजार गिगा बाइट हुन आउँछ । अहिले बजारमा राम्रो कम्प्युटरमा एक टेरा बाइटको हार्डडिस्क हुन्छ । चीनको अन्य तीन सहरहरूमा पनि सुपर कम्प्युटर छ । थियानचीन सहरको सुपर कम्प्युटर एउटा केन्द्रीकृत पूर्वाधार हो, जसले छ हजारभन्दा बढी संघसंस्थाहरूलाई सेवा प्रदान गर्छ । त्यसमा आधुनिक सुरक्षा निकायदेखि हवाई जहाज डिजाइन, मिलिटेरी अनुसन्धान, बम निर्माण, मिसाइल डिजाइन इत्यादि अत्यन्तै संवेदनशील डेटा रहेको आशंका गरिएको छ । त्यस ह्याकरले फ्लेमिङ चाइना नामबाट गत फेब्रिअरीमा टेलिग्राम च्यानलमार्फत केही डेटा स्याम्पल पोस्ट गरेको थियो ।विदेशी साइबर सुरक्षा विज्ञहरूले हजारौँ डलर तिरेर आंशिक डेटाको अध्ययन गरेका छन् । ती ह्याकरले पूर्ण डेटाको मूल्य लाखौँ डलर राखेको जनाइएको छ र क्रिप्टो करेन्सी, बिटकोइनबाट पेमेन्ट गर्न भनिएको छ । आंशिक डेटा अध्ययन गरेका विज्ञहरूको अनुसार ती डेटा सक्कली नै देखिन्छ । ती डेटाहरूमा चिनियाँ भाषामा गोप्य भनी लेखेको पाइएको छ ।
ती विज्ञहरूका अनुसार ती डेटा फम्र्याट हेर्दा सुपर कम्प्युटरबाटै आएको जस्तो देखिन्छ । त्यस ह्याकरले चीनको थियानचीन सहरस्थित सुपर कम्प्युटरबाट चालै नपाउने गरी त्यति धेरै डेटा कसरी चोरी गर्न सक्यो त भन्ने जिज्ञासा पनि उठेको छ । साधारणतया धेरै डेटा एकै ठाउँमा जाँदा अलर्ट सिस्टमले सावधान संकेत गर्छ । त्यस ह्याकरका अनुसार उसले एउटा कमजोर भीपीएनमार्फत सुपर कम्प्युटरमा छिर्ने अवसर पायो र त्यसपछि बोटनेट सफ्टवेर प्रयागे गरेर ती डेटा डाउनलोड गरेर आफ्नो कम्प्युटर सिस्टममा स्टोर ग¥यो । १० पेटा बाइट डेटा डाउनलोड गर्न लगभग ६ महिना लागेको हुनुपर्दछ । अचम्मको कुराचाहिँ छ महिनासम्म त्यति धेरै डेटा बाहिर जाँदा पनि सुपर कम्प्युटर सञ्चालक वा प्राविधिकहरूले चालै पाएनन् । त्यस ह्याकरले प्रयोग गरेको प्रविधि अत्यन्तै नौलो नभई, यसले चलाखिपूर्ण रूपमा नेटवर्किङ गरेको देखिन्छ ।
उसले सबै डेटा एकै ठाउँमा नपठाइकन फरक–फरक धेरै गन्तव्यमा रहेको कम्प्युटरहरूमा स्टोर गर्यो, जसले गर्दा सुपर कम्प्युटरको अलर्ट सिस्टम तथा प्राविधिकहरूले चालै पाएनन् । विश्वमा महासक्ति राष्ट्र अमेरिकाले स्पेस वार गरिरहेको वेला दोस्रो महाशक्ति राष्ट्र चीनको सुपर कम्प्युटरबाट यसरी डेटा चोरी हुनुले यसमा धेरै आशंका गर्ने ठाउँ जन्माएको छ र थप चिन्ताको विषय बनाएको छ । त्यस्तै सन् २०२१ मा चीनको अर्बौ जनताको निजी डेटा, फोन नम्बर, नेसनल आईडी, ठेगना इत्यादि झण्डै एक वर्षसम्म अनलाइनमा असुरक्षित रूपमा उपलब्ध थियो । एउटा ह्याकरले ती डेटा बेच्नका लागि अफर गरेपछि सन् २०२२ मा बल्ल सुरक्षा निकायको ध्यान आकर्षण भयो । यसले के देखाउँछ भने चीनमा पनि साइबर सेक्युरिटी क्षेत्र कमजोर छ । चीन सरकारले हालै साइबर सेक्युरिटीलाई प्राथमिकता दिएको पाइन्छ । साथै यस क्षेत्रमा धेरै लगानी पनि गर्न थालेको छ । चीनको यस्तो अवस्था छ भने नेपालको साइबर सेक्युरिटी कमजोर हुनु कुनै अनौठो विषय नै होइन । यस्तो अवस्थामा रहेको नेपालले नेपालमा डेटा सेन्टर स्थापना गरेर त्यहाँको डेटा सुरक्षित गर्न सक्ला भनेर विश्वास गर्ने अप्ठ्यारै पर्ने देखिन्छ तर चिसो ठाउँचाहिँ नेपाल नै उपयुक्त हुने देखिएको छ ।