काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई सुम्पिएको छ । सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत ढकालले महानिर्देशकको जिम्मेवारी पाएका हुन् । गजेन्द्र ठाकुरलाई मन्त्रालयमा तानेपछि सो पद रिक्त थियो । पछिल्लो समय विभागले बिचौलिया व्यवसायीहरूविरुद्धको अनुसन्धानलाई तीव्रता दिइरहेको छ ।